असिनापानीले रुकुममा हिउँदेबाली नष्ट

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
असिनापानीले रुकुममा  हिउँदेबाली नष्ट

Share

नारीकोसिस डटकम/ चैत १३, रुकुम । वर्षासँगै मंगलबार राति परेको असिनापानीले रुकुम पश्चिममा हिउँदेबालीमा ठूलो क्षति पु¥याएको छ ।

जिल्लाको मुसिकोट, आठबीसकोट, चौरजहारी नगरपालिका तथा बाँफिकोट, सानीभेरी, त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको हिउँदेवालीमा क्षति पु¥याएको स्थानीय जानकारी दिएका छन् ।

असिनापानीले किसानको खेतबारीमा लगाइएको गहुँ, जौ मुसुरो तथा फलफूलमा ठूलो क्षति गरेको स्थानीय बताएका छन् ।

फूल खेल्दै गरेका फलफूलमा असिनाले क्षति गरेको र असिना पानीले प्याजको बीउ, बेमौसमी सिमी, काँक्रो, फर्सी, भाण्टा लगायतमा क्षति पु¥याएको सानीभेरीका रामविक्रम ओलीले बताए ।

तपाईको प्रतिक्रिया