इटालियन ब्रुमरले रातभर बढार्छ काठमाडौंको धुलो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
इटालियन ब्रुमरले रातभर बढार्छ काठमाडौंको धुलो

Share

नारीकोसिस डटकम/चैत १४, काठमाडौं । इटालियन ब्रुमरले काठमाडौंको धुलो राती बढार्ने गरेको छ ।

काठमाडौंका सडकमा दिउँसो ब्रुमर चलाउन सकिदैन । अत्यधिक सवारी चापका कारण जाम हुन सक्ने भएकाले ब्रुमर रातिको समयमा चलाउने निर्णय गरिएको हो ।

‘दिउँसो रोकि- रोकि काम गर्नु भन्दा रातमा गाडी चल्न कम भएपछि सहज सफाई गर्न पाइन्छ भनेरै हो’ वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर श्रेष्ठले भने ।

बुधबार राति नौ बजेपछि राष्ट्रिय सभागृहबाट छुटेका ब्रुमरले बिहानसम्मै ८ घण्टा सडकको धुलो टिपे ।

गाडीका चक्कासँगै आएका माटो, निर्माण सामग्री, सडक खनेर निस्किएको धुलो सवारी गुड्दा बुँङबुङ्ती उड्ने गर्छ । त्यहि धुलोलाई ब्रुमरको ब्रसले हल्का पानी छर्कँदै सोहर्छ । ब्रुमरमा ४ वटा ब्रससँगै ५ सय लिटर क्षमता पानीको ट्यांकी पनि छ ।

यो ट्यांकीबाट स्वचलित रुपमा एकदमै न्युन पानी ब्रसमा खस्छ । अगाडि एउटा, दायाँ–बायाँ दुई वटा र बीचमा रहेको एउटा तारको ब्रस जाँतो जसरी घुम्दै धुलो सोहर्छ ।

धुलो निरन्तर सफा गर्ने हो भने  धुलोबाट आजित भएका काठमाडौंबासीले थोरै भएपनि राहत पाउने आश गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया