विप्लवका जिल्ला नेतासहित १७ जना धरौटीमा रिहा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विप्लवका जिल्ला नेतासहित १७ जना धरौटीमा रिहा

Share

नारीकोसिस डटकम/चैत १४, चौतारा । चौतारा राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।

जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ लाई जनही रु ६ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो । थुनामा रहेका रविता अधिकारी, हीरा खत्री र सविता श्रेष्ठलाई भने साधारण तारेखमा छाड्ने आदेश भएको स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

उनीहरुलाई गत फागुन १८ गते चौतारा सागाचोकगढी नगरपालिका–१० कार्कीटारस्थित एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा बिहान २ बजे प्रहरीले छापामारी नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकाहरूबाट सैन्य तालीम गराउने कागजात, चन्दा सङ्कलन गर्ने लेटरप्याड, राज्यविरुद्धको पर्चा र पम्प्लेट लगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए ।

तपाईको प्रतिक्रिया