विप्लब समूहका नगरकोट इन्चार्जसहित दुई जना पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विप्लब समूहका नगरकोट इन्चार्जसहित दुई जना  पक्राउ

Share

नारीकोसिस डटकम /चैत १५, भक्तपुर । नेत्रविक्रम चन्द नेतृत्वको समूहका नगरकोट इन्चार्जसहित दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

चैत १४ गते बिहीबार मण्डन देऊपुर–३ नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गर्दै आएको अभियोगमा ३४ वर्षीय चमारसिंह लामालाई नगरकोटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

लामासँगको सोधपुछकै आधारमा प्रहरीले काठमाण्डौं घर बताउने र हाल भक्तपुरको सानोठिमी बस्दै विभिन्न गतिविधि गर्दै आएका समूहका अर्का सदस्य ३६ वर्षीय सविन विक ‘विरही’ भन्ने बुद्धराज सुनारलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैलाई विहिवार भक्तपुर जिल्ला अदालतमा म्याद थप गरी राज्यविरुद्धको अभियोगमा मुद्दा चलाएर थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया