प्रहरीले विप्लव निकट शिक्षक संगठनका नेता पक्राउ

नारीकोसिस डटकम/चैत १५, बुटवल । प्रहरीले विप्लव समूह निकट शिक्षक संगठनका केन्द्रीय सदस्य रामनिवास चौहानलाई पक्राउ गरेको छ ।
चौहान मायादेवी गाउंपालिकास्थित जनता मावि बलुहवामा प्रधानाध्यापक हुन् । उनलाई शुक्रबार बिहान ६ बजे घरबाटै पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख अच्युतमप्रसाद पुडासैनीले बताए ।
उनलाई जिल्ला प्रहरी कार्यालय तौलिहवा राखेर अनुसन्धान शुरु गरिएको एसपी पुडासैनीले बताए ।
तपाईको प्रतिक्रिया