मोरङमा नेविसंघका कार्यकर्ताबाट पत्रकार कुटिए

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मोरङमा नेविसंघका कार्यकर्ताबाट पत्रकार कुटिए

Share

नारीकोसिस डटकम/चैत १५, मोरङ । नेपाली कांग्रेस समर्थित नेविसंघका कार्यकर्ताले मोरङको सुन्दर हरैंचामा शुक्रबार बिहान एकजना पत्रकारलाई निर्घात कुटपिट गरेका छन् ।

स्थानीय सुकुना बहुमुखी क्याम्पसको विवादलाई लिएर शुक्रबार बिहान नेविसंघले जुलुस प्रदर्शन गरेको थियो ।

सडकमा निस्किएको जुलुसको तस्वीर खिच्दै गर्दा नेविसंघका क्षेत्रीय सभापति होमनाथ पोखरेलको टोलीले स्थानीय पत्रकार निकेश बरालमाथि निर्घात कुटपिट गरेका हुन् ।

बेलबारीबाट प्रकाशित हुँदै आएको पूर्वेलीन्युज डटकम अनलाइनका रिपोर्टर बरालको टाउको र हातमा चोट लाग्नुका साथै स्मार्ट फोनमा समेत क्षति पुगेको छ । उनलाई अन्य सञ्चारकर्मीले उद्धार गरेर उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगेका छन् ।

तपाईको प्रतिक्रिया