ब्रुमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा: दुई सय टन धुलो सङ्कलन

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
ब्रुमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा: दुई सय टन धुलो सङ्कलन

Share

नारीकोसिस डटकम/चैत १७, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा सडकबाट दुई सय टन धुलो सङ्कलन गरेको छ ।

महानगरले गत बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो ।

खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ ।

मुख्य सडक सुनधारास्थित धरहरा, दरबार हाईस्कुल, रानीपोखरी, काठमाडौँ भ्यू टावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगरको वातावरण विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया