रेडक्रसका प्रतिनिधि भन्छन्– राहत बाँड्न समस्या भयो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
रेडक्रसका प्रतिनिधि भन्छन्– राहत बाँड्न समस्या भयो

Share

 

नारीकोसिस डटकम/चैत १९, वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाराका शाखा अधिकृत उदय नेपालले आँधी पीडितहरुलाई राहत वितरणका क्रममा विवाद आएकाले समस्या सिर्जना भएको जानकारी दिएका छन् ।

त्रिपाल वितरणमा विवाद देखिएकाले समस्या भएको नेपालले बताए । उनका अनुसार प्रभावित बस्तीमा पक्का घर भएकाहरुले पनि त्रिपालमा दाबी गरेपछि राहत वितरणमा समस्या भएको हो ।
स्थानीय पीडितले पनि त्रिपाल नपाएको गुनासो गरेका छन् । ‘पक्का घर भएकाहरुले तीन–तीनवटा त्रिपाल लिएर गए, हामीलाई एउटा पनि मिलेको छैन’ प्रभावितहरुले गुनासो सुनाए ।

बढी प्रभावित क्षेत्र भलुही भरवलियाको रामटोल र विन टोलका बासिन्दा रातभर खुल्ला आकाशमुनि सुतेका छन् । व्यवसायी सञ्जय अग्रवाल एक्लैले मात्रै भलुही भरवलियाका लागि ९२ थान त्रिपाल, ५० थान झुल, ५० थान एलईडी लाइड दिएका थिए । सेनाले पनि केही थान त्रिपाल लगेर वितरण गरेका थिए

तपाईको प्रतिक्रिया