सेनाले अस्थायी टहरा निर्माण थाल्यो

नारीकोसिस डटक/चैत १९, बारा । हावाहुरी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकामा नेपाली सेनाले पीडितका लागि स्थायी टहरा निर्माण सुरु गरेको छ ।
फेटा गाउँपालिका १, ३ र ६ मा भत्किएका संरचना हटाएर सेनाले टहरा निर्माणको काम सुरु गरेको हो ।
आँधीका कारण घरविहीन बनेका पीडितका लागि अस्थायी बसोबास गर्न टहरा निर्माण सुरु गरिएको नेपाली सेनाका मेजर चिरञ्जीवी बोहोराले जानकारी दिए । ‘अहिले भत्किएका संरचना हटाएर टहरा निर्माण गर्न सुरु गरिरहेका छौं। पीडितलाई ओत लाग्ने ठाउँसम्म छैन’, उनले भने, ‘हामीले बिहानैदेखि जग्गा छनोट गरेर सम्याउने काम गरिरहेका छौं। केन्द्र सरकारले पठाएको त्रिपाल आउने बितिकै टाँगेर तयार गर्छौं।’
तपाईको प्रतिक्रिया