फोहोरमैला बोक्ने ट्रिपरको ठक्करबाट एक बालकको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
फोहोरमैला बोक्ने ट्रिपरको ठक्करबाट एक बालकको मृत्यु

Share

नारीकोसिस डटकम/चैत २०, काठमाडौं । फोहोरमैला बोक्ने ट्रिपरलको ठक्करबाट सिसडोलमा एक बालकको ज्यान गरेको छ ।

ललितपुरको नेपाल विकास अभियानको फोहोरमैला बोक्ने बा४ख ९६४७ नम्बरको ट्रिपरको ठक्करले ककनी गाउँपालिका वडा नं २ का १३ वर्षीया सञ्जोक नेपालीलाई मंगलबार बिहान ठक्कर दिएर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते नेपालीको धपासीस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको महानगरीय प्रहरी प्रभाग तिनपिप्लेले जनाएको छ ।

नेपाल विकास अभियानका प्रतिनिधिलाई छलफलको लागि वार्तामा बोलाइसक्यौं  उनले भने अहिले  सिसडोल जाने गाडी रोकिएका छन् । त्यसैले तत्कालै वार्ता गरेर फोहोरमैलाको गाडी सहज ढंगले सञ्चालनमा ल्याउनेछौं ।

वातावरण विभागका अनुसार काठमाडौं उपत्यकाबाट दैनिक ८ सय मेट्रिक टन फोहोरमैला सिसडोलमा व्यवस्थापन गरिँदै आइरहेको छ। केही दिनअघि आएको वर्षाको कारणले उपत्यकामा फोहोरमैला थुप्रिएका छन् ।

तपाईको प्रतिक्रिया