गजल

हुन् आमा छोरी-बुहारी नारी
सृष्टिको सुन्दर फूलबारी नारी
आमालाई हेरेपछि थाहा हुन्छ
साच्चै ममताकि भकारी नारी
बोकेर पनि पेट भरि शिशु
मान्दैनन् रत्तिभर भारी नारी
पुरुष दोषी देख्दैनन् समाज
देख्छन् सधैं व्यभिचारी नारी
कतिदिन बस्छौ सहेर अन्याय
उठ अब आँखा उघारि नारी ।।।
सुरेशमान रुम्बा तामाङ
नुवाकोट ,बेलकोटगढी–१३
बारही ।
तपाईको प्रतिक्रिया