दोस्रो चन्द्रागिरी महोत्सव: चैत २९ गतेदेखि

नारीकोसिस डटकम/चैत २१ काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा आगामी चैत २९ देखि वैशाख ७ सम्म महोत्सव आयोजना हुने भएको छ ।
चन्द्रागिरी नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौंको सहआयोजनामा उक्त महोत्सवमा हुने भएको हो ।
‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरीको पहिचान बढाऔं, भन्ने मूल नाराका साथ दोस्रोपटक उक्त महोत्सव हुन लागेको हो।
पर्यटकीयस्थल चन्द्रागिरीलाई स्थानीय कला, संस्कृति, प्राकृतिक स्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरीका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरूपमा पहिचान र अझ चिरपरिचित गराउने उद्देश्यले आयोजना गर्न लागिएको नगरपालिका प्रमुख घनश्याम गिरीले जानकारी दिए।
तपाईको प्रतिक्रिया