उर्लाबारीमा चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
उर्लाबारीमा चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु

Share

नारीकोसिस डटकम/चैत २४, उर्लाबारी । चट्याङ लागेर मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारीमा आज एक बालिकाको मृत्यु भएको छ ।

खेतमा बाँधेको गाई घरतिर लिएर आउँदै गर्दा चट्याङ लागेर १० वर्षीया आराधना राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते राजवंशीलाई उपचारका लागि विराट मेडिकल कलेज लैजाने क्रममा उनको मृत्यु भएको हो । बालिकाको शव परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया