अझै तीनसदनसम्म मौसम बदली र पानी पर्ने, तराईमा हुरी बतास

नारीकोसिस डटकम/चैत २४, काठमाडौ । लगातार मौसम बदली भई पानी र हावा हुरीका कारण जनजीवन प्रभावित भएको छ । विशेष गरी बारा–पर्साका केही गाउँका जनजीवन प्रभावित बनेका हुन् । जसले गर्दा २८ जनाको मृत्यु पनि भइसकेको छ ।
मौसमविदका अनुसार आज पनि देशभर बदली हुने बताएका छन् । साथै पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान गरेका गरेको छ ।
पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम बदली हुने, मेघ गर्जने, हावाहुरी चल्ने र पानी पर्ने जानकारी दिएको छ ।
यस्तो छ मौसम विज्ञान विभागले पूर्वानुमान गरेको तीन दिनको मौसमी विवरण:
चैत्र २४ गते (आइतबार)
दिउँसोः देशभरि नै आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी भू–भागका थोरै स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको संभावना देखिन्छ ।
चैत्र २५ गते (सोमबार)
दिउँसोः देशभरि नै आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी भू–भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १र२ स्थानमा मेघ गर्जनसहित वर्षाको संभावना देखिन्छ ।
राति देशका पूर्वी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ । तराईका केहि स्थानमा हरी बतास चल्ने संभावना छ ।
चैत्र २५ गते (मंगलबार)
दिउँसोः देशका पूर्वी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी भू–भागका थोरै स्थान र मध्य तथा पश्चिमका १र२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिन्छ । पूर्वी तराईका केही स्थानमा हुरी बतास चल्ने संभावना छ ।
राति देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ । पूर्वी तथा मध्य तराईका केही स्थानमा हरी बतास चल्ने संभावना छ ।
तपाईको प्रतिक्रिया