धनुषा निर्माण व्यवसायी संघले हावाहुरी पीडित १०० परिवारलाई राहत वितरण

नारीकोसिस डटकम/चैत २४, जनकपुर । धनुषा निर्माण व्ययसायी संघ, जनकपुरले बारा र पर्सा जिल्लाका हावाहुन्डरीबाट प्रभावित भएका १०० घर परिवारका लागि रहत सामग्री वितरण गरेको छ ।
पीडितहरुलाई खाना बनाउने भाँडो १०० थान, प्लेट १०० थान र डाडु, पन्यु, जग र बालटिन पनि सय सय थान वितरण गर्न लागिएको हो ।
यसैगरी सोलर इमर्जेंसी लाइट, झूल, सुत्ने म्याट पनि सय सय थान तथा चाउचाउ, बिस्कुट १० कार्टूनका साथै साना बच्चाहरूका लागि दूधसँग खाने लैक्टोजिन, थर्मस एक सेटसहितका सामग्री वितरण गर्न लागिएको हो ।
राहत सामग्री लिएर संघका अध्यक्ष अशोक कुमार चौधरी, उपाध्यक्ष राम दुलार साह, महासचिव रमेश कुमार यादव, सचिव जय प्रकाश साह, कोषाध्यक्ष रूपेश सिंह, सदस्य पवन महतो, सुभाष चन्द्र चौधरी, श्याम किशोर साह , विजय कुमार झा, संतोष कुमार मुखीया , नवनीत कुमार झा लगायतका पदाधिकारी बाराको लागि निस्केका छन् ।
तपाईको प्रतिक्रिया