डिजिटल उपकरण चलाउदा अपनाउनु पर्ने होसियारी

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
डिजिटल उपकरण चलाउदा अपनाउनु पर्ने होसियारी

Share

समयको बढदो आधुनिकिकरण सँग-सँगै आम मानिसहरु धेरै जसो समय डिजिटल उपकरणमा आफ्ना काम काज तथा मनोरन्जनमा निकै ब्यतित गर्न थालेका छन। यस्ता उपकरणबाट संसारलाई एकै ठाँउमा बसेर सजिलै नियाल्न सकिरहेका छन । हामी यस्ता उपकरणमा यति डुबिसकेका छौकि तिनिहरु विना हाम्रो जीवनशैलि असहज भइकेकको छ भने यस्ता डिजिटल उपकरणबाट हाम्रा आँखाहरुलाई जोगाउन केहि होसियारी अपनाउनु पर्ने छ ।
यस्ता उपकरण चलाउदा ध्यान दिनुपर्ने कुराहरु
१) उपर्युक्त दुरी
कम्प्युटर तथा मोवाइल चलाउदा स्क्रिन रआँखा विचको दुरी धेरै नजिक हुनु हुदैन । स्क्रिनको दुरी नजिक हुदा, हाम्रो आँखालाई कमजोर बनाउदछ ।
२) समय तालिका
२० मिनेट २० सेकेन्ड र २० फिट भन्दा अर्थात डिजिटल उपकरणग चलाई रहेककोे बेला उल्लेखित समय र दुरीमा बाहिरको बस्तुमा आखा ठुलाउनु पर्दछ ।
३)आखा झिम्काउनु
डिजिटल उपकरण चलाउदा हामी धेरै जसो आँखा झिम्काउनु विर्सिन्छौ । तर यस्ता उपकरण प्रयोग गर्दा आँखा बढि झिम्काउनु पर्दछ ।
४) प्रसस्त पानि पिउने
कम्प्युटर, मोवाइल र अन्य डिजिटल उपकरणमा बस्दा बढि भन्दा बढि पानि पिउनु पर्दछ ।पानि पिउदा थोरै समय भए पनि आँखाले आराम प्राप्त गर्दछ । शौचालय पनि गइरहनु पर्ने हुदा बसेको ठाँउ परिवर्तन भई आँखालाई सहजता प्राप्त गर्दछ ।

५) अाँखाको परिक्षण
नियमित छ महिना तथा एक बर्षको एकचोटि आँखा जाँच गर्नु पर्दछ ।यसो गर्दा आँखामा देखा पर्ने सभावित रोगको वारेमा समयमै थाहा पाई सचेत हुन सकिन्छ ।
६) चस्मा छनौट
नियमित चस्मा प्रयोग गर्दा गुणस्तरीय चस्माको छनौट गर्नु पर्दछ । जसले गर्दा पनि आँखालाई सुरछित राख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया