प्रदेश ५ का सांसदले एक दिनको पारिश्रमिक हावाहुरी प्रभावितलाई दिने

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
प्रदेश ५ का सांसदले एक दिनको पारिश्रमिक हावाहुरी प्रभावितलाई दिने

Share

नारीकोसिस डटकम/चैत २४, बुटवल । प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले प्रदेश बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश २ को बारा र पर्सामा केही दिन आएको भीषण हावाहुरीबाट प्रभावितहरुलाई राहतका लागि प्रदेश सभा सदस्यहरुले एक दिनको पारिश्रमिक बरारबको रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रदेश ५ मा ८७ जना प्रदेश सभा सदस्य छन् । यसअघि प्रदेश ५ सरकारले बारा र पर्साका आँधी प्रभावितलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया