डाबर नेपालले हावाहुरी पीडितका लागि १० लाख रुपैयाँ सहयोग

नारीकोसिस डटकम /चैत २५, बारा । बाराको रामपुर टोकनीमा रहेको डाबर नेपालले हावाहुरी पीडितका लागि १० लाख रुपैयाँ सहयोग दिएको छ ।
डाबर नेपालका कारखाना प्रमुख कैलाशराम चौरसिया र मानव संसाधन प्रमुख मनोज भगतले प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई आइतबार राति भेटेर १० लाखको चेक रकम हस्तान्तरण गरेको हो ।
कारखानाका मानव संसाधन प्रमुख मनोज भगतले हावाहुरी पीडितको पुनर्वास गराउनमा सहयोग पुग्ने उदेश्यले मुख्यमन्त्री राहत कोषमा कारखानाको तर्फबाट रकम सहयोग गरिएको बताए ।
तपाईको प्रतिक्रिया