सिरहामा भाइको नाममा एसईई परीक्षा दिने दाई पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सिरहामा भाइको नाममा एसईई परीक्षा दिने दाई पक्राउ

Share

नारीकोसिस डटकम/चैत २५, लहान । माध्यमिक शिक्षा परीक्षा एसइईमा भाइको स्थानमा परीक्षा दिइरहेका दाई परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ ।

मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो ।

उक्त परिक्षर्थी गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका हुन् । १७ वर्षीय पिकंकुमार गोइतको नाममा परीक्षा दिइरहेको अवस्थामा अमनकुमारलाई शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको जनाएकोे छ ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया