ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

नारीकोसिस डटकम/चैत २५, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको रामनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–१ रामनगरमा रोकिराखेको ना ६ ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना २० प ७५१८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार पोखरा महानगरपालिका–३१ का १६ वर्षीय सरोज भुजेलको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गम्भीर घाइते मोटरसाइकल चालक देवघाट गाउँपालिका–५ का ४१ वर्षीय महेश्वर कँडेलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बिग्रिएको ट्रक मर्मतका लागि भन्दै सडक छेउमा रोकिराखेको थियो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
तपाईको प्रतिक्रिया