मासु खाँदा यस्ता कुराहरुमा ध्यान दिनुहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मासु खाँदा यस्ता कुराहरुमा ध्यान दिनुहोस्

Share

एउटा जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खाँदा राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखी ५५ ग्राम प्रोटिन हुन्छ । थप प्रोटिन अन्य खानाबाट पाइन्छ । मासु खाँदा ध्यान दिनुपर्ने कुराहरु :

१.मधुमेह, उच्चरक्तचाप, मृगौलामा समस्या, कोलेस्ट्रेरोल बढी भएका व्यक्तिले बोसो नभएका मासु सकभर उसिनेर खानु राम्रो हुन्छ ।

२.मासु खाएपछि शरीरलाई हलचल वा व्यायम गर्नु राम्रो हुन्छ । त्यसो त शरीरका लागि नियमित रुपमा ४५ मिनेट जति हिडनु राम्रो हुन्छ । मासु खाएका बेला पनि सो प्रक्रियालाई थप्न सकिन्छ ।

३.मासु खाइसकेपछि असहज महसुस भएमा कागती पानी वा ज्वानो पानी खान सकिन्छ । यसले असहजता हटाउन मद्धत गर्छ ।

तपाईको प्रतिक्रिया