सप्तरीको राजविराजस्थित घुससहित मालपोतका नायब सुब्बा पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सप्तरीको राजविराजस्थित घुससहित मालपोतका नायब सुब्बा पक्राउ

Share

नारीकोसिस डटकम/चैत २५, जनकपुर । सप्तरीको राजविराजस्थित भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल ४० हजार घुससहित पक्राउ परेका छन् ।

मोही जग्गाको बाँडफाँट गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया