यी कुराहरु खुवाएर शिशुलाईआमाको दुध छुटाउन सकिन्छ

आमाको दुध शिशुको लागि अमृत समान हुन्छ । प्रसस्त मात्रामा आमाको दुध खान पाएन भने शिशु राम्रो सँग बडन सक्दैन र विभिन्न रोगको सिकार बन्दछ ।त्यसैले ६ महिना सम्म आमाको दुध वाहेक अन्य केहि नियमित खुवाउनु हुदैन ।आमाको दुध पचाउने प्रक्रिया सँगै उनिहरु विकसित हुदैद जादा डेड बर्ष देखि उता पौष्टिक तत्व प्राप्त हुने आहार खुवाउन पर्दछ । आमाको दुध छुटाउने समयमा शिशुलाई पौष्टिक तत्व कमि हुन दिनु हुदैन । यसका लागि प्रसस्त मात्रामा पौष्टिक तत्व प्राप्त हुने आहार खवाउनु पर्दछ ।
दुध छुटाउनु अगाडि शिशुलाई खुवाउन पर्ने पौष्टिक तत्वहरु
१) तरकारीको सुप
शिशुलाइ हुर्कने क्रममा आमाको दुध बाहेक अन्य पौष्टिक तत्व प्राप्त हुने भिटामिन,मिनरल्स र प्रोटिन लगायत अन्य पोषण तत्वको आवश्यक्ता पर्दछ । मौसमी तरकारीको सुपमा शिशुको लागि पौष्टिक तत्वको खानी हुन्छ । सुपमा नुनिलो मात्रा ठिक्क र पिरोको मात्रा हुनु हुदैन ।यसले गर्दा रोग सँग लडने क्षमताको विकास हुन्छ र शरीरमा पानीको मात्राको कमि हुन दिदैन ।
२)फलफूुलको रस
शिशुलाई फलफूलको रस निकालि तातो पानिमा केहि समय राखि खुवाउनाले पनि हुर्कने क्रममा पौष्टिक तत्वको मात्रा पुग्दछ र उसलाई आमाको दुध छुटाउन सजिलो हुन्छ ।
३)मिश्रित अन्नको पिठो
मकै, भटमास,गँहु,चामल,मुङको दाल सँगै छोकडा,मदिसेबदाम,काँजु,जाईफल आदिको मात्रा मिलाई भुटेर तयार पारिएको पिठो शिशुका लागि अतिनै महत्वपूर्ण पौष्टिक आहार मानिन्छ ।यस्लाई गुलियो या नुनिलो शिशुले रचाउने स्वादमा खुवाउन सकिन्छ ।
४) उसिनेको आलु
सामान्यतया काब्रोहाइट्रेको मात्रा शरीरलाई धेरै चाहिन्छ । शिशुको सबै दाँत नआइसकेको चपाएर खान सक्दैन। उसलाई यसरी उसिनेको आलु खुवाउदा पौष्टिक तत्वको मात्रा सजिलै प्राप्त हुन्छ ।
५) गाँइको दुध
शिशुलाई आमाको दुध छुटाउने क्रममा गाँईको दुध विशेष उपयोगि मानिन्छ । गाँईको दुधमा क्याल्सियम पाइने हुदा, शिशुको हड्डि बलियो हुनुको साथै उचाई पनि बढाउदछ ।
तपाईको प्रतिक्रिया