अपहरणको आरोपमा गाडीसहित ४ जना पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
अपहरणको आरोपमा गाडीसहित ४ जना पक्राउ

Share

नारीकोसिस डटकम/चैत २६, काठमाडौं । अपहरणको आरोपमा प्रहरीले भक्तपुरबाट कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका ३ जनाको नाम भने खुलाइएको छैन ।

उनीहरुले भक्तपुरको चाँचुनारायण नगरपालिका ९ ताथली हललमा डेरामा बस्ने झापा दमक नगरपालिका ९ दूधेका २५ वर्षीय सन्तोष लिम्बुलाई अपहरण गरेको आरोप छ ।

बा९च १८०१ नम्बरको कारमा सन्तोषलाई जबर्जस्ती राखी लगेको सूचना पाएपछि महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिकाले ब्रम्हायणीबाट सन्तोषको उद्दार गरी ४ जनालाई गाडीसहित पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया