रौतहटमा हावाहुरीबाट एक जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
रौतहटमा हावाहुरीबाट एक जनाको मृत्यु

Share

नारीकोसिस/डटकम चैत २६, रौतहट । हावाहुरीले रौतहटमा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान ९ बजे आएको हावाहुरीबाट देवाही गोनाही नगरपालिका ३ मा ६० बर्षकी रामसखी देवी चमइनको मृत्यु भएको छ ।

हावाहुरीले घरको छाना उडाउँदा टाली खसेर चोट लागेपछि रामसखीको मृत्यु भएको परिवारजनले जनाएका छन् ।

हावाहुरीसंगै असिनापानीबाट परोहा नगरपालिकाको १, २, ३ र ४ स्थित दलित बस्तीका पचास भन्दा बढी घरको छाना उडाएको छ ।

वृन्दावन नगरपालिकाको खैरा र रमौली वैरियामा पनि हावाहुरीले क्षति पुर्‍याएको छ । घरको छाना खस्दा रमौलीमा ६३ बर्षका तिलक सहनी घाइते भएका छन् । उनको गरुडामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया