भक्तपुरमा पुन: बर्डफ्लु भेटियो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
भक्तपुरमा पुन: बर्डफ्लु भेटियो

Share

नारीकोसिस डटकम/चैत २७, भक्तपुर । सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ ।

दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको छ ।

फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पाइएपछि गए राति दुई हजार २०० ब्रोइलर कुखुरा नष्ट गरिएको छ । बर्डफ्लुको भाइरस भेटिएपछि पशु सेवा विभागका प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको फार्म सञ्चालक मधुराम न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया