सिरहामा घरको छानोबाट खसेको टायलले लागेर मृत्यु

नारीकोसिस डटकम/चैत २७, सिरहा । सिरहामा आफ्नै घरको छानोबाट खसेको टायलले लाग्दा एकजनाको ज्यान गएको छ ।
गोलबजार नपा ११ बलकावाका ५२ वर्षीय रामअवतार सदा आफ्नै घरको टायलले लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
मंगलवार अपरान्ह घरमै सुतिरहेका बेला छानोबाट एक्कासी खसेको टायल टाउकोमा लाग्दा गम्भीर घाइते सदाको गोलबजारमा उपचार हुन नसकेपछि उनको विराटनगरको एक स्वास्थ्य संस्थामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया