‘नर्मल डेलिभरी’ गराउने सहज विधी

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
‘नर्मल डेलिभरी’ गराउने  सहज विधी

Share

सन्तान जन्माउने प्रक्रिया प्राकृतिक र स्वभाविक ढंगले भएको राम्रो हो । तर, बच्चा जन्माउने काममा हाल आएर कृतिम विधी बढी चल्तीमा छ । सजिलोका लागि अपनाइने यस्ता विधी वास्विक रुपमा शारीरिक स्वस्थ्यका लागि त्यती राम्रो भने मानिँदैन ।
बच्चालाई प्राकृतिक रुपमै जन्म दिनु सर्बोत्तम कार्य हो । विविध कारणले कतिपय परिस्थितिमा सामन्य हिसाबले बच्चा जन्माउन सकिँदैन र कृतिम प्रक्रिया शल्याक्रियाको साहारा लिनुपर्ने हुन्छ । यस्तो प्रक्रिया द्वारा आमाको गर्भबाट शिशुलाई बाहिर निकालिन्छ ।

किन गर्ने नर्मल डेलिभरी ?

नर्मल डेलीभरी प्राकृतिक प्रक्रिया हो।यसको सबैभन्दा पहिलो फाइदा भनेको आमाको स्वास्थ्य हो । शल्यक्रिया गराएको तुलनामा प्राकृतिक रुपमा बच्चा जन्माउनु स्वास्थ्यका हिसाबले उपयुक्त मानिन्छ। यस प्राकृतिक प्रक्रियामा सन्तान जन्मिनअघि जति कष्ट भयतापनि जन्मिसकेपछि निकै सहजको महसुसहुन्छ । शल्याक्रिया गरेपछि आमालाई तङ्ग्रिनका लागि धेरै समय लाग्छ र घाउ दुखाइको पिडा हुनुका साथै संक्रमणको भय रहन्छ ।तसर्थ सन्तान जन्माउने आमाले नर्मल डेलीभरी गराउन सक्नु भनेको भावि दिनका लागि आफुलाई बलियो बनाउनु हो।

नर्मल डेलिभरीको लक्षण

गर्भावस्थामा हरेक महिला यहि सोच्छन् कि, के मेरो बच्चा स्वस्थ्य होला ? के मेरो नर्मल डेलिभरी हुन सक्ला ?
डेलिभरी नर्मल हुन्छ वा हुँदैन भनेर था हुने केहि त्यस्ता लक्षण हुदैनन् । यद्यपी तपाई नियमित चिकित्सकको सम्पर्कमा हुनुहुन्छ भने बच्चाको स्वास्थ्यबारे थाहा पाउन सक्नुहुनेछ । साथै चिकित्सकले कस्तो डेलिभरी हुन सक्छ भन्ने कुराको पनि संकेत दिन सक्छन् ।

नर्मल डेलिभरी गराउने यी हुन उपयोगि तरीका

१. गर्भवती भएपछि नियमित रुपमा चिकित्सकको सम्पर्कमा रहने । नियमित खाने क्याल्सीयम र आइरन जस्ता औषधी खान नछुटाउने ।

२.  जन्म लिने बच्चा स्वस्थ्य हुन्, आमा पनि स्वस्थ्य हुनु पर्दछ । प्रेग्नेन्सीको समयमा यदि तपाईलाई कुनै रोग देखा परेमा नआतिकन समयमै चिकित्सकको परामर्श लिनुहोस् र रोगको उपचार गराउनुहोस् ।

३.  डेलिभरीको समयमा प्रसस्त मात्रामा पानी पिउनु पर्दछ । रसिलो खान्कुरा बढि मात्रामा खानु पर्दछ ।
४.  रगतको कमी हुनु हुँदैन । त्यसैले नियमित रुपले रक्त परीक्षण गराउनुपर्छ ।
५. गर्भवती महिलाले सामन्य डेलिभरीको लागि शरीरिक रुपले तन्दरुस्त हुनुपर्छ । त्यसैले स्वंमलाई सक्रिय राख्नका लागि हिँडडुल गर्ने र सकेको काम गरीरहने गर्नुपर्दछ ।
६.  गर्भवतीले भिटामिन, क्याल्सियम, प्रोटिन अधिक मात्रामा सेवन गर्नुपर्छ । यसका लागि ताजा फल, हरियो सब्जी खानुपर्छ । पानीको कमी हुनुहुँदैन ।
७. गर्भावस्थामा मेथीको सेवन लाभदायक मानिन्छ, जसले नर्मल डेलिभरीमा सघाउँ पुर्याउदछ।

८. नर्मल डेलिभरीको लागि वक्रासन, उत्कतसना, कोण आसन, सख भद्रासन जस्ता योग आसन पनि प्रभावकारी हुनसक्छ
१०. आन्तरीक क्षमताको विकासगरी नर्मल डेलिभरी प्रति आफुलाई हौसलीत गर्ने ।

तपाईको प्रतिक्रिया