महोत्तरीमा बँदेलको आक्रमणबाट ९ जना घाइते

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
महोत्तरीमा बँदेलको आक्रमणबाट ९ जना घाइते

Share

नारीकोसिस डटकम/चैत २८, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा जंगली बँदेलको आक्रमणबाट ९ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छन् ।

गम्भीर घाइते हुनेहरुमा बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ३० वर्षीय घुरनीदेवी महतो, कालाबत्ति देवी महतो, १९ वर्षीय सुवास आले र श्रवण महतो रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

गम्भीर घाइते घुरनीदेवी महतोलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएकोमा थप उपचारका लागि धरान रेफर गरेको घाइतेका आफन्तले जानकारी दिएका छन् । सामान्य घाइतेहरुको भने बर्दिवासस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पशुपतिनगरमा खेतीबालीमा नोक्सान पुर्‍याएपछि धपाउने क्रममा उनीहरुललाई बँदेलले आक्रमण गरेको स्थानीय अमृतकुमार महतोले जानकारी दिए । केही व्यक्तिलाई भने बँदेलले घरमै आक्रमणमा परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया