सिरहामा सुन र लागुऔषधसहित युवक पक्राउ

नारीकोसिस डटकम/चैत २९, सिरहा । प्रहरीको टोलीले सिरहाबाट आज बिहान अवैधरुपमा रहेको सुन र लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
सिरहा नगरपालिका–२१ स्थित पिप्रा टोलबाट ५० ग्राम अवैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–२ निवासी २५ वर्षीय मोहमद अकरामुल राइनलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ स६प ६८०१ नंको मोटरसाइकलमा आउँदै गर्दा जाँच गर्ने क्रममा अवैध सुनसहित राइनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया