लुक्ला दुर्घटनाः कोपाइलट र असईको मृत्यु भएको पुष्टि

नारीकोसिस डटकम/बैशाख १, काठमाडौं । लुक्ला विमानस्थलमा हवाईजहाज र हेलिकोप्टर दुर्घटना हुँदा एक जना कोपाइलट र एक जना असईको मृत्यु भएको पुष्टि भएको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले कोपाइलट र प्रहरीको मृत्यु भएको पुष्टि गरे । उनले एयर होस्टेज आर लामा भने सकुशल रहेको बताए ।
मृत्यु हुनेहरुमा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का छन् ।
समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन र अर्का असई रुद्रबहादुर श्रेष्ठ घाइते छन् । घाइतेहरुलाई ग्राण्डी अस्पताल ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।
आइतबार बिहान समिट एयरको हवाई जहाज काठमाडौंतर्फ उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।
तपाईको प्रतिक्रिया