फ्रान्सको पेरिसस्थित ८०० वर्ष पुरानो नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी

नारीककोसिस/ डटकम वैशाख ३, काठमाडौं । फ्रान्सको पेरिसस्थित ८०० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी भएको छ । चर्चमा नेपाली समयअनुसार सोमबार राति आगलागी भएको हो ।
झण्डै चार घण्टापछि पेरिसको आगो नियन्त्रणमा आएपनि आगोले नोट्र डामलाई डढाएर कुरुप बनाइसकेको थियो।
फ्रान्सको इतिहास र सभ्यता बोकेको चर्चमा कसरी आगो फैलियो भन्ने खुलेको छैन । यद्यपी जीर्णोदारको काम भइरहेकाले यसको सम्बन्ध आगलागीसँग हुनसक्ने अनुमान गरिएका छन् ।
पेरिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालेको बताएको छ ।
तपाईको प्रतिक्रिया