सिरहाबाट बाल यौनदूराचारको आरोपमा २ जना पक्राउ

नारीकोसिस डटकम/वैशाख ३, सिरहा । बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा सिरहाबाट २ जना पक्राउ परेका छन् ।
पाहुना बस्न आएका १० बर्षीय बालकको मुख थुनेर जबरजस्ती प्राकृतिक मैथुन गरेको अभियोगमा प्रहरीले मंगलबार बिहान सुखीपुर नगरपालिका ८ बस्ने २६ वर्षीय कृष्ण मण्डल र सोही नगरपालिका–४ का २५ वर्षीय सञ्जय श्रेष्ठलाई पक्रेको हो ।
सिरहाको धनगढी नगरपालिका ७ वस्ने १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखीपुरको टोलीले दुवैलाई पक्राउ गरी थप अनुसन्धान शुरु गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया