चितवनमा रोकिराखेको ट्रकमा कार ठोक्किदा, ६ जना घाइते

नारीकोसिस डटकम/वैशाख ३, चितवन । भरतपुर महानगरपालिका–४ लंकुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ जना घाइते भएका हुन् ।
घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ भने अन्य चारको अवस्था सामान्य छ । ट्रक र कार दुवै प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटना राति ११ः४५ बजे भएको हो ।
बसका चालक र सहचालक मात्रै भएकाले मानवीय क्षति नभएको तर बस भने पूर्णरूपमा जलेर नष्ट भएको छ ।
तपाईको प्रतिक्रिया