पाँचथरमा चौरी महोत्सव सम्पन्न

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पाँचथरमा चौरी महोत्सव सम्पन्न

Share

नारीकोसिस डटकम/वैशाख ३, पाँचथर । समुद्र सतहदेखि ३ हजार ३ सय ४० मीटर उचाई मा रहेको पाँचथरको फालेलुङ गाँउपालिकाको चारराते भन्ने ठाँउमा तेश्रो चौरी महोत्सव सम्पन्न भएको छ।

चौरीलाई जोडेर पर्यटन विकास गर्ने प्रतिवद्धता सहित महोत्सव सकिएको हो। भारतसँग सिमाना नजिक भएको महोत्सवमा उलेख्य उपस्थीती थियो।

परम्परागत चौरी पालन व्यवसायलाई प्रवर्द्धन गर्दै पर्यटनसँग जोड्ने, जैविक विविधताको संरक्षण  र प्रवर्द्धन, क्रस बोर्डर तथा इको टुरीजमको विकास गर्दै लैजाने योजनाका साथ महोत्सवको आयोजना भएको थियो ।

चौरी महोत्सव नेपालमा एक ठाँउ मात्र हुन्छ। महोत्सवका लागि ताप्लेजुङ–पाँचथरका विभिन्न ठाँउबाट चौरी ल्यायएको थियो। भारतको विभिन्न ठाँउबाट ठुलो संख्यामा पर्यटकहरु महोत्सवमा आएकमा थिए चौरीको प्रर्दशन, छुर्पि, ध्यू लगायका चौरीजन्य उत्पादन तथा गोठलाई झल्काउने स्टलहरु राखिएको थियो।

तपाईको प्रतिक्रिया