पुरानो वरिष्ठ पत्रकार श्रेष्ठको निधन

नारीकोसिस डटकम/वैशाख ४, काठमाडौं । नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । थापाथलीमा रहेको नर्भिक हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान ११ श्रेष्ठको निधन भएको हो ।
उनी करिब ५ महिनाअघि नाकमा समस्या देखिएपछि बयोधा हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई मृगौला सम्बन्धी समस्या देखिएपछि शल्यक्रिया समेत गरिएको थियो ।
नेपालको रजतपटलाई आधार बनाएर सुरु भएको कामना मासिक, साधना मासिक, नेपाल समाचारपत्र आजको समाचारपत्र दैनिक र सन्याकालीन पत्रिका महानगर प्रकाशनको नेतृत्व लिएका श्रेष्ठ लामो समयदेखि अस्पतालमा संघर्षरत थिए ।
पछिल्लो समय चिकित्सकले उनमा जीबीएस भाइरसको संक्रमण भएको आशंका गरिएको थियो । श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टी दिउँसो ३ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया