लाजिम्पाटमा ५० किलो गाँजासहित २ जना पक्राउ

नारीकोसिस डटकम/वैशाख ४, काठमाडौं । सिन्धुलीका देवकुमार घिसिङ र पदमबहादुर श्रेष्ठ मंगलबार दिउँसो लाजिम्पाटस्थित सुवर्ण समशेर मार्गमा हिँडिरहेका थिए ।
उनीहरु दुबैले ठुल्ठुला झोला बोकेका थिए । गाउँले पारामा राजधानीको सडकमा निर्धक्क हिँडिरहेका ती भरियाका साथमा रहेछ ५० किलो गाँजा ।
शंका लागेर प्रहरीले बाटैमा उनीहरुलाई समात्यो र चेकजाँच गर्दा दुबैको झोलाबाट २५ – २५ किलो गरी कुल ५० केजी गाँजा बरामद भएको महानगरी प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरु दुबैलाई लागू औषधसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया