वीरगञ्जमा विद्युत प्राधिकरणका कर्मचारी करेन्ट लागेर घाइते

नारीकोसिस डटकम/वैशाख ४, वीरगञ्ज । मंगलबार साँझ आएको हावाहुरीले गर्दा क्षतिग्रस्त विद्युतको लाइन बनाउने क्रममा हातमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका कर्मचारी घाइते भएका छन् ।
वीरगञ्ज–१४ मा बहुअरीमा हावाहुरीले चुडिएको तार मर्मत गर्ने क्रममा बाराको त्रिवेणी घर भएका विद्युत प्राधिकरणका हेल्पर ३५ बर्षका प्रेम दास तत्वा घाइते भएका हुन् ।
करेन्ट लाग्ने वित्तिकै उनलाई उपचारका लागि बहुअरीमै रहेको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा लगिएको थियो ।
वीरगञ्ज हेल्थ केयरमा प्राथमिक उपचारपछि उनलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको अस्पतालका प्रबन्ध निर्देशक डा. अबुल हैस अन्सारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया