वीरगञ्जमा स्कुल बसको ठक्करबाट एक शिक्षिकाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
वीरगञ्जमा स्कुल बसको ठक्करबाट एक शिक्षिकाको मृत्यु

Share

नारीकोसिस डटकम/वैशाख ४, वीरगञ्ज । स्कुल बसको ठक्करबाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ ।

दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अलौं माविमा पढाउने उनी चढेको ना २३ प ७९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टेपछि स्कुल बसले चौरसियालाई किचेको थियो । वीरगञ्ज महानगरपालिका वडा नं १९ नगवा मिथिला नगरकी अन्दाजी गुञ्जन चौरसियाको मुत्यु भएको हो ।

मोटरसाइकल चालक गुञ्जनको छोरा साहिल चौरसिया भने सकुशल छन् । माइस्थानबाट घण्टाघर आउँदै गरेको मोटरसाइकल माइस्थान चोक नजिकै अनियन्त्रित हुँदा मोटरसाइकलको पछाडि बसेकी चौरसिया खसेर विपरीत दिशाबाट जाँदै गरेको बसको पछाडिको चक्कामा परेकी थिइन् ।

तपाईको प्रतिक्रिया