कर्मचारीको तलब २० प्रतिशतले बढाउने तयारी, प्रधानमन्त्री

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कर्मचारीको तलब २० प्रतिशतले बढाउने तयारी, प्रधानमन्त्री

Share

नारीकोसिस डटकम/वैशाख ४, काठमाडौं । सरकारले निजामती कर्मचारीको तलब बढाउने भएको छ ।

पछिल्लो दुई वर्षदेखि कर्मचारीको तलब नबढेकाले आगामी आर्थिक वर्षको बजेटमा तलब बढाउने तयारी भएको हो ।

स्रोतका अनुसार अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको तलब बढाउने गृहकार्य सुरु गरेका छन् । निजामती कर्मचारीलाई खुसी राख्न पनि तलब बढाउनै पर्ने बाध्यता आइपरेको भन्दै प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री खतिवडालाई ‘ग्रिन सिग्नल’ दिएको बुझिएको छ ।

कर्मचारीहरुको तलब २० प्रतिशतले बढाउन दबाब परेको छ । कर्मचारी हरुको आधिकारिक ट्रेड युनियनले तलब वृद्धिका लागि छलफल र लबिङ सुरु गरिसकेको छ । युनियनका अध्यक्ष पुण्य ढकाल प्रधानमन्त्री ओली निकट हुन् ।

तलब बढाउनु पर्ने भन्दै लबिङ सुरु भएको छ । कर्मचारीको तलब वृद्धि भएसँगै महँगी पनि बढ्ने भएको छ । अहिले १० प्रतिशत महँगी छ ।

तपाईको प्रतिक्रिया