काठमाडौंमा विप्लप बन्दको प्रभाव खासै परेन

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
काठमाडौंमा विप्लप बन्दको प्रभाव खासै परेन

Share

नारीकोसिस डटकम/वैशाख ५, काठमाडौं । काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन् ।

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन भने प्रभावित भएको छ ।

देशकै प्रमुख लाइफ लाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् ।

दोलखाको चरिकोट बजारमा पनि बन्दको प्रभाव परेको छ । बस नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।

बन्दले प्रदेश ५ को जनजीवन पनि प्रभावित भएको छ । शिक्षण संस्थाहरु पनि बन्द छन् । मुख्य राजमार्गमा बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् । निजी सवारी साधनहरु भने न्यून संख्यामा चलेका छन् ।

यसैबीच, विभिन्न स्थानमा भेटिएको बम तथा शंकास्पद वस्तुले जनजीवन त्रस्त बनेको छ ।

तपाईको प्रतिक्रिया