नेपालको मिनी स्याटलाइट: पहिलोपटक अन्तरिक्षमा पठाइयो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नेपालको मिनी स्याटलाइट: पहिलोपटक अन्तरिक्षमा पठाइयो

Share

नारीकोसिस डटकम/वैशाख ५, काठमाडौं । नेपालको आफ्नै स्याटलाइट अर्थात् भू-उपग्रह पहिलो पटक अन्तरिक्षमा पठाइएको छ ।

अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट बिहीबार बिहान २:३१ बजे नेपालको भू-उपग्रह अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएस मा प्रक्षेपण गरिएको हो ।

यो भू-उप्रगहलाई ‘नेपालीस्याट १’ नाम दिइएको छ । यसको तौल झण्डै एक किलो छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

भू- उपग्रह अन्तरिक्षमा घुम्न सुरु भैसके पछि यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिर र सूचनाहरू प्राप्त गर्न सक्ने छ । यो नेपाली भू-उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्के लगायत संलग्न थिए ।

तपाईको प्रतिक्रिया