अर्घाखाँचीको सन्धिखर्क सदरमुकाममा बम फेला

नारीकोसिस डटकम/वैशाख ५, सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा बम फेला परेको छ ।
बिहान ८ बजेतिरको समयमा बाटिकामा बम झुन्डाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बम नेपाली सेनाले डिस्पोज गरेको छ । चुत्राबेशीको व्यस्त चोकमा भेटिएको बम नेपाली सेनाले सुरक्षित स्थानमा डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ ।
प्रहरीका अनुसार बम नेकपा विप्लवले राखेको अनुमान छ ।
तपाईको प्रतिक्रिया