नवलपरासीमा बम विस्फोट

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नवलपरासीमा बम विस्फोट

Share

नारीकोसिस डटकम/वैशाख ५, नवलपरासी । पूर्वी नवलपरासीको नवलपुरको कावासोतीमा विहीबार बम विस्फोट भएको छ ।

कावासोतीको मुख्य बजार इन्द्रचोकमै वम विस्फोट भएको हो । विस्फोटको आवाज परसम्म सुनिएकोले बम निक्कै शक्तिशाली भएको स्थानीयको अनुमान छ ।

विस्फोटबाट मानवीय क्षति भने भएको छैन । इन्द्रचोकको खाली स्थान झाडीमा बम विस्फोट भएको थियो ।

त्यसैगरी बन्दको बेला सवारी साधन चलाएको भन्दै विप्लवका कार्यकर्ताहरुले कावासोती १६ डण्डा पत्थर खोला निर एउटा भारतीय ट्रकमा बम प्रहार गरेका छन् । बमबाट आगलागी हुँदा ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ ।

भारतको गुजरातबाट काठमाडौंको लागि प्लाई लिएर आउँदै गरेको जे ०२ जी बि २८७० नम्बरको ट्रकमा आगजनी भएको हो । ट्रकमा लागेको आगो प्रहरीले बेलैमा नियन्त्रणमा लिएको कारण पूर्ण रुपमा ध्वस्त हुन भने पाएन ।

तपाईको प्रतिक्रिया