विप्लप समुहका नवलपरासी जिल्ला सदस्य पक्राउ

नारीकोसिस डटकम/वैशाख ६, नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्यलाई पक्राउ पारेको छ ।
प्रहरीले मध्यबिन्दु नगरपालिका–१, बाहुनीकुनाबाट सो समूहका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई पक्राउ गरेको हो ।
जिल्लामा कुनै घटना हुन नदिन विशेष सुरक्षा योजना तयार गरेर अघि बढेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया