धार्मिक तीर्थस्थल बाइसधारामा आज मेला

नारीकोसिस डटकम/वैशाख ६, काठमाडौं । बालाजुस्थित प्राचीन धार्मिक तीर्थस्थल बाइसधारामा आज मेला लागेको छ ।
प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मेला लाग्ने परम्पराअनुसार यस वर्ष पनि यहाँ मेला लागेको हो ।
मेलामा काठमाडौँ उपत्यकासँगै त्यस वरपरका क्षेत्रबाट स्नान गर्न आइपुगेका भक्तजनहरुको शुक्रबार बिहानैदेखि भीड लागेको छ ।
काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा आजको दिन स्नान गरी नारायण मन्दिरमा दर्शन गरेमा मुक्तिनाथ र गोसाइकुण्ड बराबर पुण्य मिल्ने धार्मिक विश्वास छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको आस्था केन्द्रका रूपमा रहेको बालाजु क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि उदाहरणीय छ । उक्त स्नानमा आज नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधी हटेर सुख प्राप्त हुने, पारिवारिक समृद्धि कायम हुने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।
तपाईको प्रतिक्रिया