जलाउन लैजाँदै गर्दा एक महिलाको शव प्रहरीद्धारा नियन्त्रणमा

नारीकोसिस डटकम/वैशाख ६, वीरगञ्ज । वीरगञ्जबाट जलाउन लैजाँदै गर्दा एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा २३ प्रसौनीविर्ताबाट प्रहरीले अन्दाजी २९ बर्षीया अञ्जुदेवीको शव नियन्त्रणमा लिएको हो ।
पन्नालाल दासको श्रीमती अञ्जुदेवीको परिवारकै सदस्यबाट हत्या भएको आशंकामा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । अञ्जुदेवीको शव जलाउन सिर्सिया खोला किनारस्थित गैया घाटमा लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
महिलाको श्रीमान पन्नालाल र छरछिमेकका अन्य मानिस फरार छन् । प्रहरीले मलामी गएकामध्ये कृष्ण दास र उमेश दासलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको भन्दै कसैलाई पनि नियन्त्रणमा नलिएको दावी गरेको छ । प्रहरी पुग्ने वित्तिकै जलाउन लगेको रहेको शव छोडेर। मलामी भागेकोले घटना शंकास्पद रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया