मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नारीकोसिस डटकम/बैशाख ७, चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । उक्त घटनामा एक गम्भीर घाइते भएका छन् । शुक्रबार राति १० बजे रत्ननगर नगरपालिका–३ शान्तिचोकमा पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना ६३ प ६५२४ नं.को मोटरसाइकल रोकिराखेको ना ६ ख १७७५ नं.को ट्रकमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते कालिका नगरपालिका–४ पदमपुर बस्ने ३० वर्षीय रामजी महतोको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक सोही स्थानका २२ वर्षीय कृष्णनाथ महतोको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा नै उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया