डडेलधुरा बस दुर्घटना ५ जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
डडेलधुरा बस दुर्घटना ५ जनाको मृत्यु

Share

नारीकोसिस डटकम/वैशाख ११, डडेलधुरा । डडेलधुराको गन्यापधुरा गाउँपालिका १ साहुखर्कमा यात्रु बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

ना ६ ख १८३१ नम्बरको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा ३ पुरुष र २ महिलाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पुष्टि गरे ।

दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।

तपाईको प्रतिक्रिया