सुनसरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Share

नारीकोसिस डटकम/वैशाख ११, सुनसरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इनरुवा–६, घोपाली टोलमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१, झुम्काका २६ वर्षीय उमेश चौधरीको ज्यान गएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १२३६ नंको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को५प ५०३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चौधरीलाई उपचारका लागि अस्पताल, इनरुवा लगिएकोमा त्यही उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

मोटरसाइकलको पछाडि सवार उदयपुर गाईघाट नगरपालिका–१३, पुरानो बजारका २० वर्षीय सङ्गम राई घाइते भएका छन् । उनको हाल विराटनगरमा उपचार भइरहेको छ ।

ट्रक र त्यसका चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया